BIZMANDU
www.bizmandu.com

विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्न माग, निजी क्षेत्रको साथ चाहिन्छ : ऊर्जा मन्त्री

२०८१ साउन १

विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्न माग, निजी क्षेत्रको साथ चाहिन्छ : ऊर्जा मन्त्री
विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्न माग, निजी क्षेत्रको साथ चाहिन्छ : ऊर्जा मन्त्री


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने माग गरेको छ।

GBIME
Tata

विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले सो माग राखेका हुन्। नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु उनले विद्युत विधेयक २०८० लाई संसोधन नभई फिर्ता गरेर पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन्।

विद्युत ऐन २०४९ लाई संसोधन गरेर विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दा सो ऐन सबैलाई स्वीकार्य हुने उनको तर्क थियो।

कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्काले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने बताएका थिए।

‘ऊर्जा मन्त्रालयको तर्फबाट इमन्दार प्रयास गर्छौं,’ जवाफमा उनले भने।

नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र नै भएको उल्लेख गर्दै उनले अहिले नै यो क्षेत्रले वार्षिक ४/५ अर्ब रुपैयाँ राजस्वमा योगदान पुर्‍याइरहेको बताएका थिए। विद्युत निर्यात गर्न र आन्तरिक खपत बढ्दा माग पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग  आवश्यक हुने उनको मत थियो।