BIZMANDU
www.bizmandu.com

पहिरोले अवरुद्ध भएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

२०८१ साउन १

पहिरोले अवरुद्ध भएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु
पहिरोले अवरुद्ध भएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौं। बाराही हाइड्रोपावर कम्पनीले ठेउले खोला जलविद्युत आयोजनाबाट फेरि विद्युत उत्पादन सुरु गरेको छ। पहिरोका कारण सो आयोजना अवरुद्ध भएको थियो।

GBIME
Tata

हाइड्रोपावरले मंगलबारदेखि आंशिक रुपमा विद्युत उत्पादन सुरु गरेको हो। असार २२ गते पहिरोका कारण संरचनामा क्षति पुगेपछि विद्युत उत्पादन अवरुद्ध भएको थियो।

ठेउले खोला जलविद्युत आयोजना बागलुङको जैमिनी नगरपालिका कुश्मीसेरा स्थित ठेउले खोलामा निर्माण गरिएको हो। जलविद्युतको विद्युत उत्पादन क्षमता १.५ मेघावाट छ।