BIZMANDU
www.bizmandu.com

५०० माइल दुरी तय गर्ने विद्युतीय विमान निर्माण गर्दै डच स्टार्टअप, ९० यात्रुमात्रै बोक्ने

२०८१ साउन १

५०० माइल दुरी तय गर्ने विद्युतीय विमान निर्माण गर्दै डच स्टार्टअप, ९० यात्रुमात्रै बोक्ने
५०० माइल दुरी तय गर्ने विद्युतीय विमान निर्माण गर्दै डच स्टार्टअप, ९० यात्रुमात्रै बोक्ने


नेदरल्याणड्सको स्टार्टअप कम्पनी इलिसियनले पूर्ण रुपमा विद्युतबाट चल्ने विमान निर्माण गर्ने तयारी गरिरहेको छ। इ९एक्स नाम दिइएको विमान पूर्ण विद्युतीय हुने कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

एकपटकको फूल चार्जमा ५०० माइल (८०५ किलोमिटर) दुरी तय गर्न सक्ने भनिएको सो विमानमा ९० जना यात्रुका लागि सिट हुनेछ। ४५ मिनेटमा फूलचार्ज हुने गरि विमान निर्माण गर्ने योजना छ। व्यवसायीकरुपमा यो विमानलाई एक दशकभित्र संचालनमा ल्याउने कम्पनीको तयारी छ।

हाल यो विमानको दाँचा कागजमा सीमित रहेको छ र आउँदो दुईदेखि तीन वर्षभित्र स्केल मोडल बनाउने कम्पनीको रणनीति छ। सन् २०३० सम्म यसको प्रोटोटाइप निर्माण हुने अपेक्षा छ।

यो विमानमा ८ वटा प्रोपेल्लर इन्जिन र १३८ फिट (४२ मिटर) को विङस्पान हुनेछ। यो भनेको हाल संचालनमा रहेको बोइङ ३७३ वा एयरबर ए३२० भन्दा ठूलो हो।

नेदरल्याण्ड्सक डेल्फ्ट प्रविधि विश्वविद्यालयसँगको सहकार्यमा विमानको डिजाइन निर्माण गरिएको हो।