BIZMANDU
www.bizmandu.com

लन्च हुनुअघि नै महिन्द्राको नयाँ फाइभ डोर थार कारको तस्बिर लिक

२०८१ असार ३१

लन्च हुनुअघि नै महिन्द्राको नयाँ फाइभ डोर थार कारको  तस्बिर लिक
लन्च हुनुअघि नै महिन्द्राको नयाँ फाइभ डोर थार कारको तस्बिर लिक

काठमाडौं। महिन्द्राको नयाँ फाइभ डोर थार कार लन्च हुनु अगाडि नै यसको तस्बिर लिक भएको छ। कारको तस्बिर अनलाइनमार्फत लिक भएको हो।

Tata
GBIME

अहिले भाइरल भएको तस्बिर अनुसार कार नयाँ ग्रिल डिजाइनको देखिन्छ। हेडल्याम्पको डिजाइन भने उस्तै राखिएको छ। तर यसमा एलईडी प्रोजेक्टर सेटअप र सी आकारको डीआरएल दिइएको छ। यसमा ३६०-डिग्री क्यामेरा सेटअप गरिएको छ।

त्यसो त यो कारका केही विशेषता यसअघि नै सार्वजनिक भएका थिए। जस अनुसार थार फाइभ डोरमा १०.२५ इन्चका दुईवटा डिस्प्ले हुनेछन्। एउटा डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन र अर्को इन्फोटेनमेन्ट युनिटका लागि हो। यो एसयूभीमा प्यानोरामिक सनरुफ र उच्च स्तरको एडीएएस प्रविधि हुनेछ।

महिन्द्रा थार थ्री डोर गत वर्ष अगष्ट १५ लन्च गरिएको थियो। फाइभ डोर थार आगामी अगष्ट १५ मा लन्च हुने अपेक्षा गरिएको छ।