BIZMANDU
www.bizmandu.com

कांग्रेस र एमालेले टुंग्याए मन्त्रालयको भागबण्डा, साना दललाई ५ वटा

२०८१ असार ३०

कांग्रेस र एमालेले टुंग्याए मन्त्रालयको भागबण्डा, साना दललाई ५ वटा
कांग्रेस र एमालेले टुंग्याए मन्त्रालयको भागबण्डा, साना दललाई ५ वटा

काठमाडौं। नयाँ सरकार गठन नहुँदै नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयको भागबण्डा मिलाएका छन्।

Tata
GBIME
Zonsen

एमालेले अर्थ र भौतिक पूर्वाधार तथा यातायातसहितका ७ तथा कांग्रेसले गृह, परराष्ट्र सहितका ८ मन्त्रालय सम्हाल्ने गरी भागबण्डा टुंग्याएको ती दलका नेताहरूले बताएका छन्।

दुई दलबीचको सहमति अनुसार एमालेले अर्थ र भौतिक पूर्वाधारका अलावा सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व गर्नेछ।

कांग्रेसका लागि गृह र परराष्ट्रका अलावा ऊर्जा जलस्रोत तथा सिंचाई, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला र वन तथा वातावरण मन्त्रालय छुट्याइएको छ।

रक्षा मन्त्रालयमा कुरा मिल्न बाँकी छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपन्छी विकास र खानेपानी मन्त्रालय साना दलका लागि छुट्याइको छ।