BIZMANDU
www.bizmandu.com

डोनाल्ड ट्रम्पको हत्या प्रयास : गोली प्रहार गर्ने व्यक्ति मारिए, सिक्रेट सर्भिसले अनुसन्धान गर्दै

२०८१ असार ३०

डोनाल्ड ट्रम्पको हत्या प्रयास : गोली प्रहार गर्ने व्यक्ति मारिए, सिक्रेट सर्भिसले अनुसन्धान गर्दै
डोनाल्ड ट्रम्पको हत्या प्रयास : गोली प्रहार गर्ने व्यक्ति मारिए, सिक्रेट सर्भिसले अनुसन्धान गर्दै


काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। चुनावी र्‍यालीका क्रममा पेन्सिलभेनियामा सम्बोधन गर्दै गर्दा उनीमाथि गोली चलेको हो।

Tata
GBIME
NLIC

गोली चले लगत्तै स्टेज वरिपरि तैनाथ सुरक्षाकर्मीले उनीलाई सुरक्षित राख्ने प्रयास गरेका थिए। उनको कानबाट रगत आएको तस्विरहरु सार्वजनिक भएका छन्।

ट्रम्पमाथि गोली चलाउने एक पुरुष आक्रमणकारीलाई अमेरिकी सिक्रेट सर्भिसले गोली प्रहार गरि मारेको छ।  यो घटनाको विस्तृत अनुसार अब सिक्रेट सर्भिस एजेन्सीले गर्ने भएको छ।

सिक्रेट सर्भिसका अनुसार आक्रमणकारीले केही राउन्ड गोली चलाउँदा ट्रम्पको कानमा चोट लागेको छ। ट्रम्पको पछाडि बसिरहेका उनका समर्थकहरुलाई पनि गोली लागेको छ। गोली लाग्दा एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

ट्रम्पमाथि भएको आक्रमणको राष्ट्रपति जो बाइडेनसँगै पूर्व राष्ट्रपति बाराक ओमाबा लगायतले निन्दा गरेका छन्। उनीहरुले घटनाबारे गहन अनुसन्धान हुने बताएका छन्।