BIZMANDU
www.bizmandu.com

‘मिठो मसिनो’ रेष्टुरेन्टको प्राथमिकतामा निम्न मध्यम वर्ग, १० आउटलेट विस्तारको योजना

२०८१ असार २८

‘मिठो मसिनो’ रेष्टुरेन्टको प्राथमिकतामा निम्न मध्यम वर्ग, १० आउटलेट विस्तारको योजना
‘मिठो मसिनो’ रेष्टुरेन्टको प्राथमिकतामा निम्न मध्यम वर्ग, १० आउटलेट विस्तारको योजना

काठमाडौं। ग्राहक कम भएर व्यापार खस्किएका बेला ‘मिठो मसिनो’ रेष्टुरेन्ट भने आउटलेट विस्तारको योजनामा लागेको छ। रेष्टुरेन्टले निम्न मध्यम वर्गिय ग्राहकलक्षित आउटलेट विस्तार गर्ने योजना बनाएको हो।

Tata
GBIME

३ वर्षभित्र आउटलेट संख्या १० पुर्‍याउने योजना रहेको संचालक आकाश पौडेलले जानकारी दिए। रेष्टुरेन्ट अहिले काठमाडौंको माछापोखरीमा संचालनमा छ।

‘हामीले मासलाई टार्गेट गरेर सुपथमूल्यमा सेवा प्रवाह गर्ने योजनामा छौं,’ उनले भने।

बुढानिलकण्ठ-११ मा बर्खा लगत्तै आउटलेट संचालनमा ल्याउने रेष्टुरेन्टको योजना छ। रेष्टुरेन्टमा ग्राहकले खाजादेखि खानासम्म न्यूनतम १०० देखि ५५० रुपैयाँ सम्ममा पाउनेछन्।