BIZMANDU
www.bizmandu.com

बबरमहलमा संस्कृति र प्रविधिको फ्युजन, प्रदर्शनीमा अय्लादेखि भर्चुअल वर्ल्डसम्म

२०८१ असार २७

बबरमहलमा संस्कृति र प्रविधिको फ्युजन, प्रदर्शनीमा अय्लादेखि भर्चुअल वर्ल्डसम्म
बबरमहलमा संस्कृति र प्रविधिको फ्युजन, प्रदर्शनीमा अय्लादेखि भर्चुअल वर्ल्डसम्म


काठमाडौं । काठमाडौं विश्वविद्यालयको ‘डिपार्टमेन्ट अफ आर्टस्’का विद्यार्थीहरुको थेसिस प्रोजेक्ट बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको छ।

Tata
GBIME
NLIC

‘रिजोमेस ,लाइन अफ थट्’ नाम दिइएको प्रदर्शनी यही शनिबारसम्म संचालन हुनेछ। प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको प्रोजेक्ट प्रदर्शनीसँगै विभिन्न विषयमा संवाद कार्यक्रम भइरहेको छ।

अय्लाको प्रयोग, मछिन्द्रनाथको रथ बनाउँदा प्रयोग हुने विधिमा आधारित रहेर ‘एरिङ’ र नेक्लेस लगायतका सामाग्री, पश्मिना, देवनागरि लिपिको प्रयोग लगायतका थिममा प्रोजेक्ट सोकेस भइरहेको छ।

यस्तै, करिब ८० वर्षपछिको भर्चुअल काठमाडौंको कथासँगै कमिकहरु पनि राखिएका छन्।

काठमाडौंमा पाइने अय्लाहरु
मछिन्द्रनाथको रथ बनाउने विधिलाई आधार बनाएर बनाइएको सामाग्री