BIZMANDU
www.bizmandu.com

एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी ल्यायो ‘बिज सधैं अन’ योजना

२०८१ असार २७

एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी ल्यायो ‘बिज सधैं अन’ योजना
एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी ल्यायो ‘बिज सधैं अन’ योजना

काठमाडौं। एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ। नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेको एनसेलले जनाएको छ।

Tata
GBIME
Zonsen

नेपाली उद्योग, संघसंस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई आ-आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको कम्पनीले बताएको छ।

‘अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरूका साथ महिनाभरी निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन्,’ एनसेलले उल्लेख गरेको छ।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरू प्रदान गर्दै आएको जनाएको छ। एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ।

‘उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ। सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आइओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन्। यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी संचालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरूमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन्। एनसेलले पनि उद्यमका पीडामर्काहरूलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्‍न सोलुसनहरू उपलब्ध गराउन काम गरिरहेको छ। त्यस्ता केही सोलुसनहरू तयार छन् र केही पाइपलाइनमा रहेका छन्,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

उनले थपे, ‘सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरूमा काम गर्न सक्छौं र इनोभेटिभ, दिगो वृद्धिलाई सहयोग पुर्‍याउँदै डिजिटल नेपाल भिजन सोलुसनहरू ल्याउन सक्छौँ, जसले डिजिटल अर्थतन्त्र
२.० मा योगदान गर्न सक्दछ।’

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवादेखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय संचालनमा फाइदा पुऱ्याउने उपाहरूमा पहुँच पुऱ्याउने लक्ष्य राखेको जानकारी दिएको छ। फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, होटलहरू, व्यवसायीहरू र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्‍न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरू प्रदान गर्दै आएको छ।

‘सधैं अनमा हाम्रो सफलता र ग्राहकहरूको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं। सधैं अनमा नै हामीले हाम्रा इन्टरप्राइज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाइज्ड भ्यालु दिन चाह्यौं,’ एनसेलका हेड अफ इन्टरप्राइज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने, ‘बिज सधैं अन र विभिन्‍न सोलुसन सुटहरूका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौं। जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ।’

‘बिज सधैं अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ रुपैयाँदेखि १ हजार ९४९ सम्मका ५ वटा प्लानहरू ल्याएको छ।

यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ। लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो भने मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ।

४९९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन्। त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन्।

९९९ रुपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १ हजार वटा लोकल एसएमएस पठाउन पाउँछन्। सेवाको आवश्यकता धेरै भएका ग्राहकहरूले १ हजार ५९९ र १ हजार ९४९ रुपैयाँको मासिक प्लान लिन सक्ने कम्पनीले जनाएको छ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमवीमा वा १ जीबी डेटाको मात्र ५० रुपैयाँ (बजार शुल्क भन्दा २० गुणा कम) मा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अलनेपाल लोकल कल प्राप्त गर्न सक्छन्। त्यस्तै, ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन्।

यसका साथै ‘बिज सधैं अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० मा कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्ने कम्पनीले जानकारी दियो। बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी ‘बिज सधैं अनु’ प्लानमा सजिलै अपग्रेड गर्न सक्छन्।

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पार्टनरको रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को-लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गदै आएको छ।

यी सेवा तथा सुविधाहरू नेपाली इन्टरप्राइज सेगमेन्टका विविध आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ।