BIZMANDU
www.bizmandu.com

निरन्तर नाच प्रदर्शन गर्ने हुटहुटीले खोलियो ‘नव्य नाचघर’, मञ्चन हुँदैछ ‘प्रेमारम्भ’

२०८१ असार २१

निरन्तर नाच प्रदर्शन गर्ने हुटहुटीले खोलियो ‘नव्य नाचघर’, मञ्चन हुँदैछ ‘प्रेमारम्भ’
Artis, affiliated with an aesthetic dance studio, perform Dance Drama “Premarambha" : Nature vs Culture at Navyanaachghar in Kathmandu, Nepal on Thursday 04 July 2024.


काठमाडौं । नेपालमा नृत्य विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर संचालनमा ल्याएको छ। सिनामंगलमा बिहीबारबाट ‘प्रेमारम्भ’ नृत्य श्रृंखलासँगै नाचघर संचालनमा आएको हो।

Tata
GBIME
NLIC

स्टुडियोकी संस्थापक एवम् निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्र गर्ने भएको तर छुट्टै स्टेज नभएकोले धेरै चुनौती ब्यहोरेको बताइन्।

‘नाच गर्न धेरै च्यालेन्ज भयो। हामीलाई आफ्नै स्पेस भयो भने निरन्तर नाच प्रदर्शन गर्न पाइन्छ भन्ने थियो,’ उनले नव्य नाचघर संचालनमा ल्याउनुको उद्देश्यबारे बताइन्।

एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्। प्रशिक्षक पनि १० जना भन्दा बढी छन्। केसी अहिले ‘टिम’ बनाएर काम गरिरहेको बताउँछिन्।

हाल नाचघरमा मञ्चन भइरहेको प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्साउन खोजिएको छ। उनले भनिन्, ‘प्रेम प्रकृति हो। यो सरल प्रकृति हो। तर जब त्यसमा सभ्यता र आआफ्नो इन्ट्रेस्ट जोडिन्छ प्रेम कम्प्लिकेटड हुन्छ। नृत्यबाट त्यति देखाउन खोजिएको हो।

प्रेमारम्भ भदौ महिनासम्म मञ्चन हुनेछ। आगामी दिनमा नाचघरमा डान्स ड्रामामात्र नभएर वर्कशप सँगै अन्य कार्यक्रम पनि गर्ने केसीको योजना छ।

नम्रताले संचालन गरिरहेको डान्स स्टुडियामा नृत्य सिक्नेमा अधिकांश महिला छन्। त्यसैले पनि महिलासम्बन्धी विषयवस्तुलाई केन्द्रमा राखेर आफूहरुले नृत्य पेस गरिरहेको उनी बताउँछन्। यसअघि स्टुडियो कत्थक, भरतनात्यम लगायतका विधामा नृत्य श्रृंखला संचालन गरिसकेको छ।