BIZMANDU
www.bizmandu.com

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८१ असार २०

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

Tata
GBIME

जिल्ला अदालत काठमाडौंले उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो l पहिलो पटक उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। सो म्याद सकिए पछि आज दोस्रो पटक म्याद थप भएको हो।

प्रहीले झालाई गत शुक्रवार पकाउ परेको थियो।

नक्कली शरणार्थी प्रकरणमा बेचनको भूमिका मुख्य रहेको अनुसन्धानमा खुलेको छ। झाले यस प्रकरणमा जोडिएका गृह प्रशासन र बिचौलियालाई भेटाउने काम गरेको देखिएको छ।

अनुसन्धानका क्रममा बेचनको राजनीतिक कनेक्सन निकै बलियो रहेको देखिएको छ।