काठमाडौं । देशभर मनसुन फैलिएको छ। केही महिनाको चर्को गर्मीमा राहत मिलेको छ मनुसनी वर्षाका कारण।
काठमाडौं उपत्यकामा पनि हरेक दिन वर्षा भइरहेको छ। मुसलधारे वर्षाले सहरका केही क्षेत्र जलमग्न पनि बनेका छन्।
भक्तपुरमा मुसलधारे वर्षा भइरहँदा हामी भने भक्तपुरको बोझेनीमा पुग्यौं। नगरकोट मुनि रहेको यो जलाशय पुग्दा भक्तपुरबाट वर्षा काठमाडौं तिर सरिरहेको थियो।
हेर्दाहेर्दै मुसलधारे वर्षाले उपत्यकालाई छोप्यो।