काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सञ्चालनको सहमति पत्रमा हस्ताक्षर भएको छ। सोमबार मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति पत्रमा हस्ताक्षर भएसँगै औपचारिक रुपमा कांग्रेस- एमाले समीकरण बनेको हो।
दुई दलबीच ७ बुँदामा हस्ताक्षर भएको छ। नयाँ सरकार गठनका लागि दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनाका लागि आग्रह गर्ने भएको छ।
‘नभए हाम्रो पार्टीले समर्थन फिर्ता लिन्छ,’ एमालेका एक नेताले भने।
प्रचण्डले राजीनामा नगरेको अवस्थामा एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठन आह्वानका लागि महिना दिनको समय लाग्ने छ। त्यसका लागि विश्वासको मतको बेलासम्म कुर्नुपर्ने छ।
प्रचण्ड संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्री बनेका हुन्। यहि धारा अनुसार ओली प्रधानमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ। एमाले अध्यक्ष ओलीले कांग्रेसले ७६(३)अनुसार कांग्रेसले सरकार गठनका लागि आह्वन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने आशंका गरेपछि सहमति पत्रमा हस्ताक्षर गर्न समय लागेको थियो। तर, कांग्रेस नेताहरुले ७६(२) अनुसार नै हुने आश्वस्त पारेपछि सहमतिमा हस्ताक्षर भएको थियो भने दुवै दलका नेताले राति नै राष्ट्रपति पौडेललाई भेटेका थिए।
कांग्रेसका केहि नेताहरुले केहि समयअघि देखि नै गठबन्धनका लागि कसरत गरिरहेका थिए। तर शनिबार ओली र देउवाबीचको भेटपछि मात्रै दुई दलबीच विश्वासको वातावरण बनेको थियो। अब आलोपालो प्रधानमन्त्रीदेखि प्रदेशसम्मको प्रारम्भीक भागण्डा भएको छ।
के के छन् ७ बुँदामा