BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज, साउन १ देखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान

२०८१ असार १४

बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज, साउन १ देखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान
बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज, साउन १ देखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान

काठमाडौं। बुद्ध एयरले १८औं एटीआर जहाज भित्र्याएको छ। नयाँ जहाज एटीआर ७२ हो। यससँगै कम्पनीको एटीआर ७२ जहाजको संख्या १५ पुगेको छ।

Vigo
GBIME
Tata

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज साउनदेखि उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ।

कल साइन नाइन एन-एएनजेड जहाज बुद्धले फ्रान्सबाट ल्याएको हो।  

थपिएको जहाजबाट साउन १ गतेदेखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेका छन्। थपिएको जहाजबाट अन्य गन्तव्यहरूमा पनि उडान संख्या थप्ने योजना रहेको कम्पनीले जनाएको छ।

बुद्धले अहिले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।