BIZMANDU
www.bizmandu.com

मदिरा सेवन गरेर विमानस्थल पुगे गायक राजेश पायल राई, फ्लाइट टिकट गरियो रद्द

२०८१ असार १३

मदिरा सेवन गरेर विमानस्थल पुगे गायक राजेश पायल राई, फ्लाइट टिकट गरियो रद्द
मदिरा सेवन गरेर विमानस्थल पुगे गायक राजेश पायल राई, फ्लाइट टिकट गरियो रद्द

काठमाडौं । गायक राजेश पायल राई पुनः मदिरा प्रकरणमा विवादमा तानिएका छन्। बिहीबार विदेश जानको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उनलाई उडान नै रद्द गरिएको छ।

Tata
GBIME

अत्याधिक मदिरा सेवन गरेर उनी बिहीबार विदेश जानको लागि विमानस्थल पुगेका थिए। राति ८ बजे फ्लाइ दुबईबाट विदेश जान लागेका उनलाई उडानमा रोक लगाइएको थियो। त्यसपछि उनको सो समयको फ्लाइट क्यान्सिल गरिएको थियो।

‘अत्यधिक मदिराको कारण उहाँलाई जान दिएनौं। त्यसैले उहाँको टिकट क्यान्सिल भएको हो,’ विमानस्थल प्रहरी स्रोतले भन्यो।

‘फ्रेस’ भएपछिमात्रै अर्को फ्लाइटबाट उनलाई जान अनुमति दिइनेछ। उनको दुवईमा शनिवार सांगितिक कार्यक्रम तय भएको थियो।

गायक राई मदिरा सेवन गरेरहल्ला गरेका कारण यसअघि पक्राउ परिसकेका छन्। गत चैत २१ गते नयाँ बानेश्वर वृत्त प्रहरीले राजेश सहित केहीलाई अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। मदिरा खाएर हल्ला गरेको उजुरी पछि उनीहरुलाई पक्राउ गरिएकोको प्रहरीले जानकारी दिएको थियो। भोलिपल्ट राई परिवारको जिम्मामा छुटेका थिए।