BIZMANDU
www.bizmandu.com

न्यूरोडमा पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायी, जर्ती र ज्याला छुट विज्ञापनको विरोध

२०८१ असार १२

न्यूरोडमा पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायी, जर्ती र ज्याला छुट विज्ञापनको विरोध
न्यूरोडमा पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायी, जर्ती र ज्याला छुट विज्ञापनको विरोध


काठमाडौं । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। न्यूरोड क्षेत्रमा व्यवसाय संचालन गर्दै आइरहेका व्यवसायीले पसल बन्द गरेर र्‍याली निकालेका हुन्।

Tata
GBIME
NLIC

रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलाग्ने र ज्यालामा भारी छुट भनेर विज्ञापन दिएको थियो। जसमा ज्याला ७ प्रतिशतमात्र लिने भनिएको छ। ज्वेलर्सले एकलौटी रुपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन्।

सुनचाँदी व्यवसायी महासंघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ,कालिगढ संघहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

यससँगै उनीहरुले सरकारले सुनको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाएकोमा पनि विरोध गरिरहेका छन्। आजको प्रदर्शनका क्रममा उनीहरुले सो निर्णय पनि फिर्ता हुनुपर्ने माग गरिरहेको छ। यसका लागि १० संघहरुले सामुहिक रुपमा विभिन्न सरकारी निकायमा ज्ञापन पत्र पनि बुझाइसकेका छन्।