BIZMANDU
www.bizmandu.com

उदयपुर सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आह्वान, पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट

२०८१ असार १२

उदयपुर सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आह्वान, पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट
उदयपुर सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आह्वान, पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट


काठमाडौं। उदयपुर सिमेन्ट उद्योगको रिक्त अध्यक्ष पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन आह्वान गरेको छ। कम्पनी अध्यक्षको पदपूर्ति खुल्ला प्रतिस्पधात्मक प्रतियोगिताद्धारा गरिने भएको हो।

Tata
GBIME
NLIC

अध्यक्ष पदका लागि दरखास्त दिनेहरु नेपाली नागरिक हुनुपर्ने र मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक गरेको हुनुपर्ने मापदण्ड छ। कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठन संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको पनि हुनुपर्छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक नकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने जारी सूचनामा उल्लेख छ।

अध्यक्ष पदको लागि ३५ देखि ६५ वर्षका उम्मेदवारले आवेदन दिन सक्नेछन्। यसका लागि योग्यता पुगेका इच्छुकले ७ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने सूचनामा छ।