BIZMANDU
www.bizmandu.com

सेज प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सिफारिस समितिले माग्यो दरखास्त

२०८१ असार १२

सेज प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सिफारिस समितिले माग्यो दरखास्त
सेज प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, सिफारिस समितिले माग्यो दरखास्त

काठमाडौं। सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ। यसका लागि गठित सिफारिस समितिले योग्य तथा इच्छुक उम्मेदवारसँग दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

बुधबार प्रकाशित सूचनाअनुसार २१ दिनभित्र उद्योग मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा दरकास्त दिन सकिन्छ। विशेष आर्थिक क्षेत्र ऐन २०७३ दफा २२ अनुसार उम्मेदवारको शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने तोकिएको छ।

यस्तै उम्मेदवार उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इन्जिनियरिङ वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवी हुनुपर्ने पनि मापदण्ड छ।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। दरखास्त दिएका मध्येबाट सिफारिस समितिले अन्तिममा तीन जनाको नाम सरकारलाई दिफारिस गर्नेछ, जसबाट एक जनाले नियुक्ति पाउनेछन्।