BIZMANDU
www.bizmandu.com

सेयर बजार परिसूचक ५.६० अंकले बढ्यो, ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँको कारोबार

२०८१ असार ११

सेयर बजार परिसूचक ५.६० अंकले बढ्यो, ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँको  कारोबार
सेयर बजार परिसूचक ५.६० अंकले बढ्यो, ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँको कारोबार

काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

इन्भेष्टमेन्ट, हाइड्रोपावर, होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहले बजार बढाएका हुन्।

इन्भेष्टमेन्ट उपसमूहको सूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ। कारोबारमा आएका ३१९ मध्ये १५१ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

ग्लोबल आइएमई बैंक डिबेन्चरको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको भाउ ९.९९ प्रतिशतले बढेको छ।

८८ कम्पनीको सेयरमूल्य घट्दा साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे। उक्त लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँमा किनबेच भएको छ। सर्वाधिक कारोबार हुनेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था छ। उक्त कम्पनीको १४ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६२ लाख र नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि सोमबार बजार ३.२१ अंकले बढेर नेप्से २०६६.१६को विन्दुमा रहँदा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो।