BIZMANDU
www.bizmandu.com

जाल्पा र किसान लघुवित्तकाे सेयर काराेबार राेक्का, असार २७ गतेदेखि एकीकृत कारोबार

२०८१ असार १०

जाल्पा र किसान लघुवित्तकाे सेयर काराेबार राेक्का, असार २७ गतेदेखि एकीकृत कारोबार
जाल्पा र किसान लघुवित्तकाे सेयर काराेबार राेक्का, असार २७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाकाे सेयर काराेबार राेक्का हुने भएकाे छ।

Tata
GBIME
Nepal Life

मर्जरपछि दुवै लघुवित्त वित्तीय संस्थाले असार २९ गतेदेखि एकीकृत काराेबार गर्दैछन्। दुवै संस्थाले नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते एकीकृत कारोबार संचालन गर्न अन्तिम स्वीकृति पाइसकेका छन्।

कम्पनीकाे जेठ ३२ गते बसेकाे बैठकले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकृकीत काराेबार गर्ने निर्णय गरेकाे थियो।

हाल जाल्पा लघुवित्तकाे १८ करोड २८ लाख र किसान लघुवित्तको ५० करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेकाे छ।