BIZMANDU
www.bizmandu.com

डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

२०८१ असार १०

डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस
डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस


काठमाडौं। गृह मन्त्रालयले एक जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

Tata
GBIME
NLIC

सोमबार बसेको बढुवा समितिको बैठकले डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रहेका पोखरेल हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारीमा रहेका छन्।

वैशाख ३० गते एआइजीमा बढुवा भएका भीमप्रसाद ढकाल र उमेशराज जोशीले फुली लगाएका थिए। जोशी असार १९ गतेबाट अवकास हुँदैछन्।