BIZMANDU
www.bizmandu.com

बैकुण्ठ मानन्धर र एरिका गुरुङले जिते यस वर्षको शरद चन्द्र शाह स्मृति खेलकुद पुरस्कार

२०८१ असार ९

बैकुण्ठ मानन्धर र एरिका गुरुङले जिते यस वर्षको शरद चन्द्र शाह स्मृति खेलकुद पुरस्कार
बैकुण्ठ मानन्धर र एरिका गुरुङले जिते यस वर्षको शरद चन्द्र शाह स्मृति खेलकुद पुरस्कार

काठमाडौं। शरद चन्द्र शाह स्मृति खेलकुद पुरस्कार बैकुण्ठ मानन्धर र एरिका गुरुङले पाएका छन्। मानन्धर कीर्तिमानी धावक हुने भने गुरुङ करातेकी खेलाडी हुन्।

Tata
GBIME

मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। भारतमा १९८७ मा भएको तेस्रो सागमा मानन्धरले म्याराथनमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए।

एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करणमा गुरुङले रजत पदक जितेकी थिइन्। उनको उक्त रजत पदक नै करातेमा नेपाललाई प्राप्त एसियाली खेलकुदको पहिलो रजत पदक हो।