विभिन्न परिकार चाख्न चाहने पारखीहरु देश र विदेशमा छानीछानी रेष्टुरेन्ट गइरहेका हुन्छन्। परम्परागत खाना होस् या आधुनिक ‘टच’ दिइएको परिकार, अहिले मानिसहरु जता पुग्छन् त्यताकै खाना चाख्छन्।
विश्वभरका देशमा खाना त्यहाँको संस्कृति र इतिहाससँग जोडिएको हुन्छ। जसलाई उनीहरुले ब्रान्डिङ पनि गरिरहेका छन्। महंगा रेष्टुरेन्टदेखि सडक किनारमै स्टर राखेर पकाइने खाना खान ‘फुडी’हरु पुग्छन्।
विश्वभर ‘फुडी कल्चर’ विकास भइरहँदा टाइ आउट्सले खानाको परिकारका लागि सर्वकृष्ट २० सहरहरुको सूची निकालेको छ।
सन् २०२४ का लागि इटालीको नेपल्स सूचीको पहिलो नम्बरमा छ। पिज्जाका लागि प्रख्यात इटालीको नेपाल्सलाई पिज्जा र फुटबलले जोडेको त्यहाँका रेष्टुरेन्ट संचालक बताउँछन्।
दोस्रोमा दक्षिण अफ्रिकाको जोहन्सबर्ग छ। त्यहाँको कोटा स्यान्डविचलाई टाइम आउट्सले ‘मस्ट ट्राइ’ भनेको छ।
तेस्रोमा पेरुको लिमा सहर छ। त्यहाँको चिभेची र अर्रोज कन पल्लो परिकार चाख्नै पर्ने परिकार हुन्।
भारतको मुम्बई सहर पनि सूचीमा रहेको छ। मुम्बईको स्ट्रिट फुड त्यहाँको पहिचान नै बनेको छ। भियतनामको फो, बेइजिङको पेकिङ डक, मुम्बईको वडा पावलाई मस्ट ट्राइ भनिएको छ।
टाइम आउट्सका अनुसार सन् २०२४ मा खानाका परिकारका लागि उत्कृष्ट सहर