BIZMANDU
www.bizmandu.com

पोखराको प्राइम सहकारी ठगी गरेको अभियोग लागेका थप तीन जना पक्राउ

२०८१ असार ७

पोखराको प्राइम सहकारी ठगी गरेको अभियोग लागेका थप तीन जना पक्राउ
पोखराको प्राइम सहकारी ठगी गरेको अभियोग लागेका थप तीन जना पक्राउ

काठमाडौं। पोखरा महानगरपालिका- ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

सहकारीको सम्पत्ति हिनामिना गरेको अभियोग लागेका पर्वत मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा महानगरपालिका बस्ने ५५ वर्षीय धनकुमारी गुरुङ, ४७ वर्षीय सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने ४७ वर्षीय जीवन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तीनै जनालाई जिल्ला अदालत कास्कीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। सहकारी ठगीमा ६६ जनालाई प्रतिवादी बनाएर जेठ २७ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

सरकारी वकिल कार्यालयले सहकारी ठगीमा १ अर्ब ५७ करोड विगो माग दाबी गरेको छ। यो मुद्दामा ७ जनालाई पुर्पक्षका लागि यसअघि नै थुनामा पठाइएको छ।