BIZMANDU
www.bizmandu.com

गोल्छाको हुलास फिनसर्भले आइपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

२०८१ असार ७

गोल्छाको हुलास फिनसर्भले आइपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा
गोल्छाको हुलास फिनसर्भले आइपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। आइपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले विशेष साधारण सभा बोलाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले असार १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो। साधारण सभामा  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पेस हुने छ।

कम्पनीको जारी पूँजीमध्ये व्यक्तिगत नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँ बराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेस गर्ने कम्पनीको तयारी छ।

थप संस्थापक सेयर जारी गरेपछि सर्वसाधारणका लागि छुट्याइएको आइपीओ प्रिमियम मूल्य/बुक बिल्डिङ विधि/वा अंकित मूल्यमा निष्कासन सम्बन्धी काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि विशेष साधारण सभामा लगिंदैछ।

गोल्छा ग्रुप अन्तर्गतको कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा हायर पर्चेज सम्बन्धी काम गर्दै आएको छ। कम्पनीको चुक्ता पुँजी हाल ८० करोड छ।

कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् भने अन्य सञ्चालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल छन्।