BIZMANDU
www.bizmandu.com

उपयुक्त वित्तीय संस्था पाए एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने, साधारण सभा असार २९ गते

२०८१ असार ७

उपयुक्त वित्तीय संस्था पाए एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने, साधारण सभा असार २९ गते
उपयुक्त वित्तीय संस्था पाए एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने, साधारण सभा असार २९ गते

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभाको मिति तय गरेको छ। बिहीबार बसेको बैठकले असार २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी सबै कामको अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा पेस गर्दैछ।

बैंकले अघिल्लो साधारण सभाले पनि मर्जर तथा प्राप्ति सम्बन्धि सबै कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको थियो।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १७ गते बुक क्लोजको मिति तोकेको छ। असार १६ गतेसम्म कायम सेयर धनीले मात्रै सभामा भाग लिन पाउनेछन्।