BIZMANDU
www.bizmandu.com

आफू र समाजका लागि योग : काठमाडौंमा यसरी मनाइँदैछ अन्तर्राष्ट्रिय योग दिवस

२०८१ असार ७

आफू र समाजका लागि योग : काठमाडौंमा यसरी मनाइँदैछ अन्तर्राष्ट्रिय योग दिवस
Nepalese people take part in a yoga session on the 10th International Day of Yoga in Kathmandu, Nepal on Friday 21 June 2024.

काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस। ‘आफू र समाजका लागि योग’ नारासहित यस वर्ष विश्‍वभर योग दिवस मनाइँदैछ।

Tata
GBIME

यसै अवसरमा आज काठमाडौंसहित देशभर पनि विभिन्न योग कार्यक्रमहरु आयोजना हुँदैछन्। टुँडिखलमा नियमित योग शिविर संचालन भइरहँदा आज त्यहाँ बिहानैदेखि विशेष कार्यक्रम आयोजना गरिएको छ।

दशरथ रंगशालास्थित कभर्ड हलमा पनि योग दिवसको अवसरमा शिविर संचालन गरिएको छ। भक्तपुरमा आयोजित योग शिविरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिवेशमा योगाभ्यास र शिक्षा सम्बन्धी उचित नीतिहरूको प्रबन्ध गर्नुपर्ने बताएका थिए।

प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमाले ध्यान दिनुपर्नेमा उनको जोड थियो। यसबाट नेपालमा योग पर्यटनको प्रवर्धन गर्न सकिने उनले बताएका थिए।

भारतको पहलमा विश्वभर योग दिवस मनाउन थालिएको हो। योगलाई भारतले आफ्नो ‘सफ्ट पावर’को रुपमा विश्वभर प्रचारप्रसार गरिरहेको छ।