BIZMANDU
www.bizmandu.com

दूधको भुक्तानी माग्दै किसान आन्दोलित, दुग्ध संस्थानको केन्द्रीय कार्यालय घेराउ

२०८१ असार ५

दूधको भुक्तानी माग्दै किसान आन्दोलित, दुग्ध संस्थानको केन्द्रीय कार्यालय घेराउ
दूधको भुक्तानी माग्दै किसान आन्दोलित, दुग्ध संस्थानको केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । दुग्ध उत्पादकहरुले दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका छन्।

Tata
GBIME

निजी डेरीबाट दुधको भुक्तानी नपाएको भन्दै उनीहरु केही समयदेखि आन्दोलित छन्। बुधबार बिहान कृषकहरु संस्थानको कार्यालय घेराउ गर्न जाँदा प्रहरीले हस्तक्षेप गरेको थियो।

त्यसक्रममा प्रहरीले किसानमाथि लठ्ठी प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा समेत लिएको थियो। यसबारेमा संसदमा समेत आज सांसदहरुले सरकारसँग जवाफ मागेका थिए।

किसान दिउँसो फेरि कार्यालय घेराउ गर्न लैनचौर पुगेका हुन्। उनीहरुले संस्थानको गेटमा तालाबन्दी गर्ने प्रयासमा छन्। त्यसक्रममा केहीबेर किसान र प्रहरीबीच घम्साघम्सी परेको थियो।