BIZMANDU
www.bizmandu.com

प्रसाद २ को मुद्दा अदालतमा, साढे एक करोड ठगीमा निर्देशक सुदर्शन थापासहित तीनजना प्रतिवादी

२०८१ असार ५

प्रसाद २ को मुद्दा अदालतमा, साढे एक करोड ठगीमा निर्देशक सुदर्शन थापासहित तीनजना प्रतिवादी
प्रसाद २ को मुद्दा अदालतमा, साढे एक करोड ठगीमा निर्देशक सुदर्शन थापासहित तीनजना प्रतिवादी


काठमाडौं । लामो समय विवादमा रहेको चलचित्र प्रसाद २ को मुद्दा अदालतमा दर्ता भएको छ। प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको राय प्रतिवेदन अध्यायनपछि मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको हो।

Tata
GBIME
NLIC

१ करोड ५० लाख ठगीमा मुद्दामा चलचित्रका निर्देशक सुदर्शन थापासहित तीन जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। ४५ वर्षीय ‌ओमप्रकास अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

अग्रवाल ओएसआर डिजिटल कम्पनीका सञ्चालक हुन्। मिलन भने फरार रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरु विरुद्ध सुदर्शन बस्नेतले प्रहरीमा ठगीको जाहेरी दिएका थिए।

मिलन श्रेष्ठ, सुदर्शन थापा समेतले कुनै जानकारी समेत नदिई सोही चलचित्रको एउटा ओपन फाइल आफूहरु संघ राखेर ओएसआरका संचालक अग्रवालसँग मिलेर चलचित्रको ट्रलेर बिक्री बितरण गरिएको बस्नेतले उजुरीमा उल्लेख गरेका छन्। ओएसआर मार्फत  २०७९ फागुन १९ गतेबाट फिल्म अनुमति बिना प्रदर्शन गरेको र यस बारे थाहा नपाएको भन्दै बस्नेतले उजुरी दिएका थिए।

उनीहरुले अमेरिका, अष्टेलिया, दुबई, कत्तार, बहराईन समेतका मलुकमा पनि फिल्म प्रर्दशन गरेको आरोप बस्नेतको रहेको छ।

प्रहरीले अनुसन्धानको क्रममा निर्देशक थापालाई नियन्त्रणमा लिएको थियो।