BIZMANDU
www.bizmandu.com

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना, ग्राहकले अन्तिमका ६ अंक आफैंले रोज्न पाउने

२०८१ असार ४

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना, ग्राहकले अन्तिमका ६ अंक आफैंले रोज्न पाउने
एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना, ग्राहकले अन्तिमका ६ अंक आफैंले रोज्न पाउने


काठमाडौं। एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत ग्राहले आफ्नो कुनै विशेष दिनसँग मिल्दो नम्‍बर लिन पाउनेछन्।

Tata
GBIME

योजना अन्तर्गत आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सकिने छ। आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन, सवारी साधनको नम्बर वा कुनै महत्त्वपूर्ण मिति वा नम्बरलाई मोबाइल नम्बरमा परिणत गर्ने सकिने कम्पनीले जनाएको छ।

यस्ता मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुनेछन्।

ग्राहकले एनसेलको एप वा वेबसाइटबाट आफूले चाहेको नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको हेर्न सक्नेछन्। र तत्काल अनलाइन बुकिङ गर्न पाउनेछन्।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी पनि नयाँ नम्बर लिन सकिने सुविधा यो योजनामा छ।

“मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ,” एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं। ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरी परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्। यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।”

सिम एनसेलले सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ देखि १४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ।

प्लान अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्। ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लान सुचारु गर्न सकिन्छ।