BIZMANDU
www.bizmandu.com

पेरिसलाई उछिन्दै लन्डन बन्यो युरोपकै ठूलो स्टक मार्केट, ३.१८ ट्रिलियन डलरको बजार

२०८१ असार ४

पेरिसलाई उछिन्दै लन्डन बन्यो युरोपकै ठूलो स्टक मार्केट,  ३.१८ ट्रिलियन डलरको बजार
reuters photo

लन्डन फेरि युरोपकै ठूलो स्टक मार्केट बन्न सफल भएको छ। दुई वर्षपछि बेलायतको मुख्य सेयर बजार युरोपैकै उत्कृष्ट भएको हो।

Tata
GBIME
Nepal Life

सोमबार लन्डन स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको कूल मूल्य ३.१८ ट्रिलियन डलर पुगेको थियो। फ्रान्सको पेरिसलाई उछिन्दै लन्डनले आफ्नो पहिलाको स्थानमा नियन्त्रण जमाएको हो। सोमबार पेरिस स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको मूल्य ३.१३ ट्रिलियन भएको थियो।

फ्रान्समा चुनाव घोषणा भएपछिको अवस्थाका कारण त्यहाँको बजार अहिले चलायमान हुन सकिरहेको छैन। यता, बेलायतको बजार भने कयौं वर्ष नराम्रो अवस्थाबाट राम्रो अवस्थामा फर्किँदैछ।

सन् २०२२ को नोभेम्बर अघि लन्डन स्टक मार्केट युरोपकै ठूलो बजारका रुपमा थियो।