BIZMANDU
www.bizmandu.com

बुद्ध र श्रीको जहाज थपिंदै, एटीआर-७२ र टर्बोप्रोप-४०० यही साता नेपाल आइपुग्ने

२०८१ असार ४

बुद्ध र श्रीको जहाज थपिंदै, एटीआर-७२ र टर्बोप्रोप-४०० यही साता नेपाल आइपुग्ने
बुद्ध र श्रीको जहाज थपिंदै, एटीआर-७२ र टर्बोप्रोप-४०० यही साता नेपाल आइपुग्ने


काठमाडौं। आन्तरिक वायुसेवा कम्पनीले किनेका दुई वटा जहाज यही साता नेपाल आइपुग्ने भएको छ। बुद्ध एयरको एटीआर-७२ र श्री एयरलाइन्सको टर्बोप्रोप-४०० आइपुग्नेछ।। व्यापार विस्तार भएसँगै दुई कम्पनीले जहाज ल्याउन लागेका हुन्।

Tata
GBIME
NLIC

बुद्धले १४ वटा एटीआर-७२ र तीन वटा एटीआर-४२ सिरिजको जहाजमार्फत उडान गर्दै आएको थियो। यो जहाजसँगै बुद्धको जहाज संख्या १८ पुग्ने छ।

कम्पनीका विक्री तथा बजार निर्देशक रुपेश जोशीले एक साताभित्रै जहाज आइपुग्ने जानकारी दिए। ‘हाम्रो व्यावसायिक योजना अनुसार थप एउटा जहाज ल्याउन लागेका हौं,’ निर्देशक जोशीले बिजमाण्डूसँग भने।

बम्बार्डियरको दुईवटा सीआरजे-२००, दुईवटा सीआरजे-४०० र ६ वटा क्यू-४०० गरी कुल १० वटा जहाजमार्फत नियमित उडान गर्दै आएको श्रीले यही साता थप एउटा टर्बोप्रोप नेपाल ल्याउँदैछ।

कम्पनीका प्रवक्ता अनिल मानन्धरले शनिबार क्यू-४०० सिरिजको जहाज आइपुग्ने तालिका रहेको बताए। ‘हामीले एउटा ८२ सिट क्षमताको टर्बोप्रोप ल्याउन लागेका हौं,’प्रवक्ता मानन्धरले बिजमाण्डूसँग भने।