BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रति कित्ता भाउ २१० रुपैयाँ

२०८१ असार ४

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रति कित्ता भाउ २१० रुपैयाँ
सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रति कित्ता भाउ २१० रुपैयाँ

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीका लागि बोलपत्र आह्ववान गरेको छ। कम्पनीले एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME

सेयरको भाउ प्रति कित्ता २१० रुपैयाँ छ। सेयर खरिद गर्न चाहाने संस्थापक सेयरधनी वा अरु व्यक्ति, संस्था तथा कम्पनीले मंगलबारदेखि असार ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर खरिद गर्नका लागि न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। कम्पनीले यसअघि विद्यमान संस्थापक सेयर धनीहरुका लागि ३५ दिने सूचना निकालिसकेको थियो।