BIZMANDU
www.bizmandu.com

वुवा केयरद्वारा सुविधासम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा, २४ घण्टा ओपिडिको तयारी

२०८१ असार ४

वुवा केयरद्वारा सुविधासम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा, २४ घण्टा ओपिडिको तयारी
वुवा केयरद्वारा सुविधासम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा, २४ घण्टा ओपिडिको तयारी


काठमाण्डौं । आ वुवा केयर प्रा.लिले डिल्लीबजारस्थित एशियन डाइग्नोस्टिक सेन्टको व्यवस्थापनको जिम्मा लिएको छ। वुवा केयरका प्रबन्ध निर्देशक शंकर पोखरेलले संस्थाको अध्यक्षता गर्नेछन्।

Tata
GBIME
NLIC

पोखरेल १६ वर्षको व्यावसायिक बैंकिङ करियरलाई विश्राम दिदै यस क्षेत्रमा प्रवेश गरेका हुन। नवनियुक्त अध्यक्ष पोखरलेले संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने, चौबिसै घण्टा ल्याब र फार्मेसी सेवा सञ्चालन गर्ने तथा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म वरिष्ठ डाक्टरहरुबाट ओपिडि सेवा समेत सुरु गर्ने बताएका छन्।

वुवा केयर प्रा.लिले विगत १ वर्ष देखि नि:शुल्क रुपमा स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आइरहेको छ।  स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाँउहरुमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविरसँगै आखाँ शिविरहरुको आयोजना गर्दै आइरहेको छ।

वुवा केयरले विशेष गरि वुवा तथा आमाहरुलगायत आफ्ना सदस्यहरुका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरिय प्याथलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ।