BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट, चाँदी २० रुपैयाँले घट्यो

२०८१ असार ३

सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट, चाँदी २० रुपैयाँले घट्यो
सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट, चाँदी २० रुपैयाँले घट्यो

काठमाडौं। सुनको मूल्य सोमबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

साताको पहिलो दिन सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रति तोला एक लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रति तोला एक हजार ८ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा २० रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँ कामय थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा स्थानीय बजारमा यसको प्रभाव देखिएको हो। सोमबार सुन प्रति औंस २३२२.१९ डलरमा आइपुगेको छ। आइतबार प्रति औंस २३३३.०१ डलर थियो। चाँदी पनि घटेको छ। चाँदी आज प्रति औंस २९.१९ डलर छ।