BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टले गर्‍यो उत्कृष्ट ३१ डिलरलाई सम्मान, कसले कुन अवार्ड पायो ?

२०८१ असार २

शिवम् सिमेन्टले गर्‍यो उत्कृष्ट ३१ डिलरलाई सम्मान, कसले कुन अवार्ड पायो ?
शिवम् सिमेन्टले गर्‍यो उत्कृष्ट ३१ डिलरलाई सम्मान, कसले कुन अवार्ड पायो ?

काठमाडौं। शिवम् सिमेन्टले आफ्ना ३१ वटा डिलरलाई सम्मान गरेको छ। कम्पनीले शिवम् कीर्ति समारोह आयोजना गरी ती डिलरहरुलाई विभिन्न विधामा सम्मान गरेको हो।

Tata
GBIME

रिजनल अवार्ड अन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको छ। नेसनल अर्न्तगत त्रिनेत्र, सदाबहार र कल्पवृक्ष्य अवार्ड दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिल्भर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको छ।

शिवम् नेसनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस, शिवम् नेसनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाइटर सुनिलकुमार सिंह र शिवम नेसनल सिल्भर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले पाएका छन्।

शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेताअन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले पाएका छन्।

शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलले आपसी सहकार्यबाट कम्पनी देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए।

कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले पछिल्लो पाँच वर्षमा कोभिड, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यतालाई आधार मानेर ‘उडान –समृद्धि र सहयात्राको’ शिर्षकमा कार्यक्रम राखेर अवार्ड वितरण गरेको बताए।

समारोहमा नेपालको चर्चित कलाकारका साथै भारतका कृष्ण अभिषेक र सुदेश लेहरीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।