BIZMANDU
www.bizmandu.com

सेयर बजारमा गिरावट, नेप्से १७.०४ अंकले घट्दा ५ अर्ब ४७ करोडको कारोबार

२०८१ असार २

सेयर बजारमा गिरावट, नेप्से १७.०४ अंकले घट्दा ५ अर्ब ४७ करोडको कारोबार
सेयर बजारमा गिरावट, नेप्से १७.०४ अंकले घट्दा ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा झरेको छ।

Tata
GBIME

१३ मध्ये होटल तथा पर्यटन बाहेकका सबै उपसमूह घटेका छन्, जसले बजार घटाएका हुन। माइक्रोफाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक १.७१ प्रतिशतले गुमाएका छन्।

कारोबारमा आएका ३१७ मध्ये १७७ कम्पनीको सेयर मूल्य घटेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

६४ कम्पनीको सेयर मूल्य बढेको छ। नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख र ज्ञादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको सेयरमूल्य भने स्थिर रह्‍यो।