BIZMANDU
www.bizmandu.com

तारा एयरले ९ महिनामा गर्‍यो ६७ करोडको व्यापार, कसरी बढ्यो नाफाको मार्जिन ?

२०८१ असार २

तारा एयरले ९ महिनामा गर्‍यो ६७ करोडको व्यापार, कसरी बढ्यो नाफाको मार्जिन ?
तारा एयरले ९ महिनामा गर्‍यो ६७ करोडको व्यापार, कसरी बढ्यो नाफाको मार्जिन ?

काठमाडौं। तारा एयरले सन् २०२३/२४ को ९ महिनामा ६७ करोड २० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME

तारा एयरको सञ्चालन मुनाफा मार्जिन (ओपीएम) २८ प्रतिशत पुगेको छ। हवाई इन्धनको मूल्य घट्नुका साथै अमेरिकी डलरबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफाको मार्जिन बढ्दै गएको छ।

स्टल रुटमा हवाई सेवा दिइरहेको तारासँग तीवटा ट्‍वीनअट्टर छन्।

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले अघिल्लो वर्ष २०२२/२३ मा १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालको तथ्यांक छ। यती एयरले भने ट्रंक रुटमा हवाई सेवा दिइरहेको छ।

कम्पनीले सन् २०२१/२२ मा ९५ करोड र २०२०/२१ मा ४७ करोड रुपैयाँको कारोबार गरेको थियो।

थामसेर्कु ग्रुपको लगानी रहेको तारा एयर लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले सुरु गरेका थिए। तारा एयरको अध्यक्ष लाक्पा सोनाम शेर्पा हुन्। चन्दा शेर्पा भने कम्पनीको प्रबन्ध निर्देशक हुन्।