BIZMANDU
www.bizmandu.com

अनुमतिपत्र नवीकरण नगराउने ७ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वत: रद्द

२०८१ असार २

अनुमतिपत्र नवीकरण नगराउने ७ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वत: रद्द
अनुमतिपत्र नवीकरण नगराउने ७ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वत: रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकहरुको अनुमतपिपत्र स्वत: रद्द भएको जनाएको छ। आज एक सूचना जारी गर्दै प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका प्रदायकहरुको लाइसेन्स रद्द गरेको जनाएको हो।

Tata
GBIME

तोकिएको समय अवधिमा अनुमतपत्र नवीकरण वापतको दस्तुर दालिखा नगरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले ७ वटा सेवा प्रदायकहरुको लाइसेन्स स्वत: रद्द भएको सूचनामा उल्लेख छ।

अनुमतिपत्र रद्द गरिएका कम्पनीहरुमा मोरङको बशिष्ठ केबल नेट प्रालि, मोरङकै इन्फो नेट टेकनोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि छन्।

यस्तै, गल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाकझ यस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि रहेका छन्।

लाइसेन्स रद्द गरिएकाहरुलाई ३० दिन भित्र तिर्न पर्ने रकम बुझाउन पनि प्राधिकरणले समय दिएको छ।