BIZMANDU
www.bizmandu.com

लन्डन टेक वीकमा नास आइटीको सहभागिता, ‘आइटी बजारमा उपस्थिति बढाउने अवसर’

२०८१ असार १

लन्डन टेक वीकमा नास आइटीको सहभागिता, ‘आइटी बजारमा उपस्थिति बढाउने अवसर’
लन्डन टेक वीकमा नास आइटीको सहभागिता, ‘आइटी बजारमा उपस्थिति बढाउने अवसर’


काठमाडौं। नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नास आइटी) ले विश्वकै ठूलो र प्रभावशाली मध्येको प्रविधि प्रदर्शनी लण्डन टेक वीकमा आफ्नो सहभागिता सफल भएको घोषणा गरेको छ। जुन १०-१४ ओलम्पिया लन्डनमा आयोजित प्रदर्शनीमा नास आईटीका १४ सदस्य कम्पनीहरूले भाग लिएका हुन्।

Tata
GBIME
NLIC

लन्डन टेक वीक २०२४ को केन्द्रीय विषयहरूमा कृत्रिम वुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता लगायत थिए। युएसएआईडीसँगको सहकार्यमा भएको नास आइटीको सहभागिताले नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको जनाइएको छ।

सहभागी कम्पनीका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले नेपाली कम्पनीहरूको आत्मविश्वास बढाउने र प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्याउनेमा जोड दिएका छन्।

लन्डन टेक वीकले नेपाली कम्पनीहरूलाई आफ्नो आइटी उत्पादन र सेवाहरू विश्वव्यापी दर्शकहरू माझ प्रदर्शन गर्ने महत्त्वपूर्ण प्लाटफर्म प्रदान गरेको छ। नेपाललाई ग्लोबल टेक हबको रुपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा भाग लिने नास आइटीको योजना छ।

जुन १२ मा लन्डनस्थित नेपाली दूतावासले नास आइटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायहरूलाई विशेष अन्तरक्रिया कार्यक्रमका लागि स्वागत गरेको थियो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आइटी उद्योगको प्रवर्धनका निम्ति नेपाल र बेलायत बीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका थिए।

गत शुक्रबार नास आइटीले नेपाली प्रवासी समुदायका आइटी विज्ञ, उद्यमी र लगानीकर्ताहरूलाई लक्षित गरी नेपालको आइटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना पनि गरेको थियो।