BIZMANDU
www.bizmandu.com

लिलामी हुने गाडीको दर्ता अवधि बढ्यो, चार पाङ्ग्रे सवारी १५ वर्षसम्म पनि दर्ता हुने

२०८१ असार १

लिलामी हुने गाडीको दर्ता अवधि बढ्यो, चार पाङ्ग्रे सवारी १५ वर्षसम्म पनि दर्ता हुने
People are seen returning to their homes from the villages in Nepal on Saturday 28 October 2023. 
As the Dashain festival season ends, many people are returning to their homes from the villages, and life is heading back to normal inside the city. Photo Prabin Ranabhat

काठमाडौं। सरकारले लिलामी हुने सवारीसाधनको दर्ता अवधि बढाएको छ। भन्सार नियमावली १५ औं संशोधन जारी गर्दै लिलामीमा जाने सवारीको हकमा दर्ता अवधि बढाएको हो।

Tata
GBIME

यसअघि लिलाम हुने सबै सवारीसाधनमा एकमुस्ट उत्पादन भएको अवधि १० वर्षसम्म भएकालाई मात्रै दर्ता हुने व्यवस्था थियो। तर नयाँ संशोधित व्यवस्थाअनुसार अबदेखि सेग्मेन्ट छुट्याइएर दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा १० वर्ष र चार पाङ्ग्रेको हकमा १५ वर्ष तोकिएको छ।

मुल नियमावलीको नियम ३५ मा ‘१० वर्ष नाघेको सवारीसाधन’ को सट्टा ‘१० वर्ष नाघेका दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे सवारी साधन र १५ वर्ष नाघेका चारपाङ्ग्रे वा अन्य सवारी साधन’ भन्‍ने राखिएका छन्।

यसअघि उत्पादन भएको मितिले १० वर्ष नाघेका सवारी साधन वा इन्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भइ मर्मत तथा संचालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएको सवारीसाधनका सम्बन्धमा लिलाम पश्चात पुन: सवारीसाधनका रुपमा दर्ता हुन नसक्ने भनिएको थियो।

यसमा अब देखि दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा पहिले कै व्यवस्था यथावत गरिएको छ। यस्ता सवारीसाधन लिलामीपछि उत्पादन भएको १० वर्ष कटेका छन् भने दर्ता हुने छैनन्। लिलामी भएका सबै सवारी स्क्रयापमा गणना हुनेछ।

तर चार पाङ्ग्रे र अन्य सवारी साधनको हकमा भने उत्पादन मितिले १५ वर्ष ननाघेका सवारी साधन लिलामी गर्दा पनि दर्ता हुनेछन्। यसअघि १० वर्ष नाघेका सबै सवारीलाई लिलामी गर्दा स्क्रयापिङमा पठाउने व्यवस्था थियो। जसका कारण नयाँ राम्रो चल्ने सवारी साधन पनि स्क्रयापमा पठाउनु पर्ने अवस्था सिर्जना भएको थियो।