BIZMANDU
www.bizmandu.com

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने, पूर्णरुपमा डिजिटलाइज गरिंदै

२०८१ जेठ ३२

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने, पूर्णरुपमा डिजिटलाइज गरिंदै
मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने, पूर्णरुपमा डिजिटलाइज गरिंदै

काठमाडौं। मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ।

Tata
GBIME

मनकामना दर्शन प्रालिले केबुलकार सेवा पूर्णरुपमा डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठा फेर्नका लागि सेवा स्थगन गर्नुपर्ने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।

‘हामीले डिजिटलाइजेसनतर्फ पहिलो चरणको स्तरोन्नति एक वर्ष अगाडि गरिसकेका छौं। अब दोस्रो र तेस्रो चरणको काम अगाडि बढाउन लागिएको हो,’ संचालक श्रेष्ठले बिजमाण्डूसँग भने।

उनका अनुसार यस अन्तर्गत कन्ट्रोल सिस्टम, ड्राइभ सिस्टम परिवर्तन गर्नका साथै मुख्य केबुल नै परिवर्तन गरिनेछ।

एनालग सिस्टम अन्तर्गत कम्युनिकेसन केबल प्रयोग गर्दै आएको कम्पनीले डोपलमेरको अत्याधुनिक प्रविधि अन्तर्गत डि-कनेक्ट जडान गर्न लागेको छ। यसका लागि असार अन्तिम साता डोपलमेरका प्राविधिक नेपाल आउँदै छन्।

मनकामना केबलकारले हाल मासिक एक लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ।