BIZMANDU
www.bizmandu.com

गण्डकीमा इभी बिक्री गर्न पहिला ३ वटा डीसी फास्ट चार्जिङ अनिवार्य, त्यसपछि मात्रै दर्ता

२०८१ जेठ ३२

गण्डकीमा इभी बिक्री गर्न पहिला ३ वटा डीसी फास्ट चार्जिङ अनिवार्य, त्यसपछि मात्रै दर्ता
गण्डकीमा इभी बिक्री गर्न पहिला ३ वटा डीसी फास्ट चार्जिङ अनिवार्य, त्यसपछि मात्रै दर्ता

काठमाडौं। गण्डकी प्रदेशमा कमर्सियल विद्युतीय गाडी बिक्री गर्न जाने नयाँ बिक्रेताले ३ वटा डिसी फाष्ट चार्जर अनिवार्य रुपमा लगाउनु पर्ने भएको छ।

Tata
GBIME
Nepal Life

गण्डकी प्रदेश सरकारले सूचना जारी गर्दै पहिले चार्जिङ स्टेशन सेटअप गरेपछि मात्रै गाडी बिक्री गर्न निर्देशन दिएको हो।

उक्त सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेशका जिल्लाहरुमा इभीको तुलनामा आवश्यकताअनुसार चार्जिङ स्टेसनको संख्या न्यून रहेकोले इभीको बिक्री गर्नु पूर्व बिक्रेता कम्पनीले कम्तीमा तीनवटा जिल्लामा डीसी फाष्ट चार्जिङ स्टेशन स्थापना भएको सुनिश्चित भएपछि मात्रै सार्वजनिक इभी दर्ता र सडक इजाजत पत्र प्रदान गरिनेछ।’

यो सूचनासँगै अबदेखि गण्डकी प्रदेशमा कमर्सियल विद्युतीय गाडी बिक्री गर्न जाने नयाँ कम्पनीहरुले अनिवार्य रुपमा पहिले ३ वटा जिल्लामा डिसी फाष्ट चार्जिङ लगाउनु पर्ने हुन्छ।

यसरी चार्जिङ लगाएको कुरा प्रमाणित भएपछि मात्रै गण्डकी प्रदेशले गाडीको दर्ता र सडक इजाजत पत्र प्रदान गर्नेछ।

अहिले सडकमा इभी गाडीको संख्या बढ्दै गएको तर चार्जिङ स्टेसनको अभाव भएको गुनासो बढ्दै छ। त्यसैलाई सम्बोधन गर्ने हेतुले गाडी बिक्री गर्नु अगावै चार्जिङ स्टेसन निर्माणमा गण्डकी प्रदेशले जोड दिएको हो।