BIZMANDU
www.bizmandu.com

व्यासको चारवटा वडा जोड्ने सडक स्तरोन्नति सुरु, विश्व बैंकको सहयोगमा हुँदैछ निर्माण

२०८१ जेठ ३२

व्यासको चारवटा वडा जोड्ने सडक स्तरोन्नति सुरु, विश्व बैंकको सहयोगमा हुँदैछ निर्माण
व्यासको चारवटा वडा जोड्ने सडक स्तरोन्नति सुरु, विश्व बैंकको सहयोगमा हुँदैछ निर्माण

काठमाडौं । तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ। व्यास नगरपालिका–११ घाँसीकुवामा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सो कार्यको शुभारम्भ गरेका हुन्।

Tata
GBIME

विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो।

बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ।

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो।

उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलाई जोड्नेछ।