BIZMANDU
www.bizmandu.com

नेपाल–बंगलादेश ऊर्जा सचिव बैठक असार ७ गते, ‘पावर सेल्स एग्रिमेन्ट’मा हस्ताक्षरको तयारी

२०८१ जेठ ३०

नेपाल–बंगलादेश ऊर्जा सचिव बैठक असार ७ गते, ‘पावर सेल्स एग्रिमेन्ट’मा हस्ताक्षरको तयारी
नेपाल–बंगलादेश ऊर्जा सचिव बैठक असार ७ गते, ‘पावर सेल्स एग्रिमेन्ट’मा हस्ताक्षरको तयारी

काठमाडौं। सरकारले बंगलादेशसँग विद्युत बिक्रीको सम्झौताको तयारी गरेको छ। दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा ‘पावर सेल्स एग्रिमेन्ट’ गर्ने तयारी गरिएको हो।

Tata
GBIME
Nepal Life

बैठक असार ७ गते काठमाडौंमा बस्ने तय भएको छ। बैठकको मुखमा बंगलादेशले नेपालसँग ४० मेगावाट विद्युत किन्ने निर्णय गरेको छ।

‘बंगलादेशले नेपालसँग ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ। अब असार ७ गतेको बैठकमा हामी सबै कुरा टुंग्याएर पावर सेल्स एग्रिमेन्ट गर्छौं,’ ऊर्जा मन्त्रालयमा एक उच्च अधिकारीले भने।

दुई देशले यसअघि नै विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने भनिएपनि दरमा कुरा नमिलेका कारण सम्झौता हुन सकेको थिएन। सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितको टोली केही महिनाअघि ढाका गएको थियो।

बंगलादेश सरकारले आयातको निर्णय गरेसँगै सम्झौताको बाटो खुलेको छ। सम्झौताअघि बिजुलीको प्रति युनिट दर, भारतको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्जलगायत विषय टुंग्याइनेछ।

नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्छ। यसका लागि प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच पनि त्रिपक्षीय सम्झौता गर्नुपर्नेछ ।