साथमा मोबाइल छ भने सामान्य किनमेल र भुक्तानीका लागि न नगद बोक्नुपर्छ, न त पर्स वा पैसा कतै छुट्यो भनेर चिन्ता लिनुपर्छ। बैंकका खाता एप्सका रूपमा हाम्रा मोबाइलमा छन्। इ-बैंकिङ र डिजिटल वालेटका सुविधा छन्। जसबाट सजिलो लाग्छ, भुक्तानी कारोबार गर्न सम्भव छ।
हात हातमा बैंकिङ कारोबार झट्टै सहज भएको होइन। प्रविधिले मारेको फड्कोसँगै यो सम्भव भएको हो। नेपालमा डिजिटल बैंकिङको सुरुवात सन् २००२ मा कुमारी बैंकले ई-बैंकिङ सेवा ल्याएपछि भएको हो। समयक्रममा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा थपिए। कोरोनाको महामारीले डिजिटल बैंकिङको आवश्यकतालाई अझै बढी महत्त्वपूर्ण बनायो।
बैंकहरु बाध्यताले डिजिटल बैंकिङलाई माथि लान प्रेरित भए। आम जनमानसमा पनि यतातिर ध्यान गयो। बैंकिङ सेवामा नयाँ सुविधाको जानकारी लिएर सेवाग्राही डिजिटलतिर विस्तारै जान थाले। बैंकिङ सेवामा डिजिटल भुक्तानी कारोबार जुन रूपमा बढेको छ, यतिकैमा पुग्छ भन्ने ठान्नु हुँदैन।
नेपालको वित्तीय कारोबारको क्षेत्रमा डिजिटल युगको क्रान्तिकारी सुरुवात कोरोनाकाललाई नै भन्न सकिन्छ। आउनुस् डिजिटल बैंकिङको आवश्यकता, चुनौती र अवसरबारे छलफल गरौं।
नेपालमा हालको जनसंख्या लगभग ३.१२ करोड छ। यहाँका बैंकिङ संस्थाहरू ‘क’ वर्गका वाणिज्य बैंक २०, विकास बैंक १७ र वित्त कम्पनी १७ गरि कुल ५४ वटा छन्। बैंकिङ सेवाको क्षेत्रमा नेपालमा रोचक कुरा, खाताको संख्या भने ५ करोड ४७ लाख ४५ हजार ५ सय ८७ छ। यी खाताहरू पक्कै एकै व्यक्तिको दुई वा दुईभन्दा बढी बैंकमा छन् भन्ने बुझ्न सकिन्छ।
यसरी हेर्दा बैंकिङ पहुँच पुगेको जनसंख्या भने शतप्रतिशतभन्दा बढी देखिन्छ। बैंकिङ सेवाहरूमा शाखा संख्या ६ हजार ४ सय ६५ वटा ‘क,’ ‘ख,’ र ‘ग’ वर्ग का बैंकहरुका शाखा छन्, जुनमा शाखारहित बैंकिङ सेवा शाखाहरू १ हजार १ सय ९५ लाई जोडिएको छैन।
यत्तिका शाखामार्फत बैंकहरुले ३.१२ करोड जनसंख्याको ५ करोड ४७ लाख ४५ हजार खातालाई सेवा दिइरहेका छन्। यति हुँदाहुँदै पनि डिजिटल बैंकिङ सेवाहरूको प्रयोगकर्ता संख्या दिनानुदिन बढ्दै छ, जुन कुरा राम्रो हो र हुनु जरुरी पनि थियो। तर, पनि त्यतिले पक्कै ओहो भनेर आश्चर्य मानिहाल्नुपर्ने भने देखिँदैन।
खाताको तुलनामा मोबाइल बैंकिङ चलाउनेको संख्या ४४ प्रतिशत देखिन्छ। तर, मुलुकको जनसंख्या ३ करोड १२ लाख मान्ने हो भने ७७ प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गरेको बुझिन्छ, जुन कुरा डिजिटल युगको क्रान्तिभन्दा हुन्छ।
खातावालाका तुलनामा अझै धेरैलाई डिजिटल बैंकिङको बारेमा बुझाउन जरूरी छ भन्ने कुरा यो तथ्यांकले देखाउँछ। नेपालमा हाल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट-क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या यस्तो छ –
खाताको तुलनामा मोबाइल बैंकिङ चलाउनेको संख्या ४४ प्रतिशत देखिन्छ। तर, मुलुकको जनसंख्या ३ करोड १२ लाख मान्ने हो भने ७७ प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गरेको बुझिन्छ, जुन कुरा डिजिटल युगको क्रान्तिभन्दा हुन्छ।
त्यस्तै खाताको तुलनामा डेबिट कार्ड प्रयोगकर्ता २३ प्रतिशत जति देखिन्छ। जुन कुरामा अझै राम्रो गर्न सक्ने ठाउँ छ। तर, यसको प्रयोग विस्तारै कम हुँदै क्युआर सुविधा उपयोग गर्नेहरु ह्वात्तै बढेका छन्। यो माथिको तथ्यांकले क्रेडिट कार्डलाई हामीले बुझाउन नसकेको जस्तो देखिन्छ। उपयोगिता, फाइदा र विश्वसनीयतालाई बुझाउन सके यसमा धेरै गर्न सक्ने देखिन्छ। तर, पनि यसको पनि विस्तार राम्रोसँग नै भएको देख्न सकिन्छ।
यति हुँदाहुँदै पनि डिजिटल बैकको आवश्यकता , चुनौती र अवसरलाई यसरी उल्लेख गर्न सकिन्छ।
क) डिजिटल बैंकिङको आवश्यकता: नेपालमा डिजिटल बैंकिङको आवश्यकता विभिन्न कारणहरूमा आधारित छ। जुन कुरा दिन प्रतिदिन आवश्यक र उपयोगी बन्दै गइरहेको छ । केही प्रमुख कारणहरू यस प्रकार छन्-
डिजिटल बैंकिङको विकासले वित्तीय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउँछ। यसका लागि प्रविधि, शिक्षा र साइबर सुरक्षा लगायतका क्षेत्रहरूमा सुधार आवश्यक छ।
ख) डिजिटल बैंकिङका अवसरहरू
नेपालमा डिजिटल बैंकिङका अवसरहरू निम्न प्रकारका छन्-
ग) डिजिटल बैंकिङका चुनौती
नेपालमा डिजिटल बैंकिङका केही चुनौतीहरू निम्नानुसार छन्-
चुनौतीका बाबजुद प्रवर्धन जरूरी
डिजिटल बैंकिङको विकासले वित्तीय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउँछ। यसका लागि प्रविधि, शिक्षा र साइबर सुरक्षा लगायतका क्षेत्रहरूमा सुधार आवश्यक छ। डिजिटल बैंकिङको सही उपयोगले मुलुकको समृद्धिमा योगदान पुर्याउन सक्छ।
त्यसकारण बैंकिङमा राम्रो लगानी गरि उपयोगी तरिकाले डिजिटल बैंकिङलाई उपयोग गर्न सकिन्छ। अत: डिजिटल बैंकिङलाई प्रवर्धन गर्नु आजको आवश्यकता हो।
(लेखमा उल्लिखित तथ्यांकहरू नेपाल राष्ट्र बैंकको चैत अन्तिम २०८० (अप्रिल २०२४) का सार्वजनिक डेटा तथा अन्य विश्वसनीय स्रोतहरूबाट संकलन गरिएका हुन्।)