BIZMANDU
www.bizmandu.com

आकाशा एयरले अक्टोबरदेखि मुम्बईबाट काठमाडौंमा हरेक दिन नियमित उडान गर्ने

२०८१ जेठ २९

आकाशा एयरले अक्टोबरदेखि मुम्बईबाट काठमाडौंमा हरेक दिन नियमित उडान गर्ने
आकाशा एयरले अक्टोबरदेखि मुम्बईबाट काठमाडौंमा हरेक दिन नियमित उडान गर्ने

काठमाडौं। भारतको कान्छो वायुसेवा कम्पनी आकासा एयरले आगामी अक्टोबरदेखि काठमाडौंमा उडान गर्ने तयारी गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीका प्रतिनिधिले नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीलाई भेटी आउँदो अक्टोबरबाट व्यावसायिक उडान सुरु गर्ने तयारी रहेको जानकारी दिएका छन्।

कम्पनीले यसअघि नै सोसाइटी इन्टरनेसनल ट्राभललाई जीएसए नियुक्त गरिसकेको छ। सोसाइटी इन्टरनेसनलका जीएसए अफेयर हेड सन्तोष विक्रम राणाले आकासाले सुरुमा साताको सातै दिन मुम्बई-काठमाडौं उडान गर्ने योजना बनाएको जानकारी दिए।  

‘आकाशा एयरका प्रतिनिधि व्यावसायिक उडानका लागि अडिट गर्न आउनुभएको छ’, राणाले भने, ‘अहिले नागरिक उड्डयन प्राधिकरणमा डकुमेन्टेसन फेजमा काम भइरहेको छ।’        

आकाशा एयरले बोइङ ७३७ सिरिजको जहाजमार्फत उडान गर्ने योजना बनाएको छ। मुम्बईपछि दिल्ली, कोलकाता र बैंगलोरबाट पनि काठमाडौंमा उडान गर्ने योजना रहेको राणाले जानकारी दिए। आकासा एयर सन् २०२२ अगस्टबाट सञ्चालनमा आएको हो।