BIZMANDU
www.bizmandu.com

सेयर बजारमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि साढे ५ अर्ब नाघ्यो

२०८१ जेठ २९

सेयर बजारमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि साढे ५ अर्ब नाघ्यो
सेयर बजारमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि साढे ५ अर्ब नाघ्यो

काठमाडौं। मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा उक्लिएको हो। सोमबार पनि बजार ८.९० अंकले बढेर बन्द भएको थियो।

Tata
GBIME
Nepal Life

मंगलबार कारोबार रकम पनि बढेको छ। हिजो ५ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच हुँदा आज ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली भुखरी स्मल जलविद्युत, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक किनबेच भएको छ।