BIZMANDU
www.bizmandu.com

पाटनमा ‘श्रमादान रोजगार मेला’ सुरु, सरकारी र निजी क्षेत्रको ८० वटा स्टल

२०८१ जेठ २९

पाटनमा ‘श्रमादान रोजगार मेला’ सुरु, सरकारी र निजी क्षेत्रको ८० वटा स्टल
पाटनमा ‘श्रमादान रोजगार मेला’ सुरु, सरकारी र निजी क्षेत्रको ८० वटा स्टल

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि श्रमादान रोजगार मेला सुरु भएको छ। पाटन बहुमुखी क्याम्पसमा मेला संचालन भइरहेको हो।

Tata
GBIME

नेपालमै रोजगारी बढाउने र रोजगारीको लागी विदेशिने प्रवृत्ति लाइ कम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा महानगरले मंगलबार देखि ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको हो।

बिहान १० बजे देखि सुरु हुने मेला बेलुकी ६ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ।

मेलामा ८० वटा स्टल राखिएका छन्। त्यहाँ निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन्।

हस्पिटल, होटेल, इन्टरनेट, ब्युटीसियन् देखी सरकारी सेवासम्मका स्टल राखिएका छन्। मेला दुई दिनसम्म चल्ने छ