BIZMANDU
www.bizmandu.com

१० वर्षमा ५ प्रतिशत मात्रै काम गर्ने सपना-शैलुङ जेभीसँग सडक डिभिजनले तोड्यो ठेक्का

२०८१ जेठ २९

१० वर्षमा ५ प्रतिशत मात्रै काम गर्ने सपना-शैलुङ जेभीसँग सडक डिभिजनले तोड्यो ठेक्का
१० वर्षमा ५ प्रतिशत मात्रै काम गर्ने सपना-शैलुङ जेभीसँग सडक डिभिजनले तोड्यो ठेक्का

काठमाडौं। सडक डिभिजन कार्यालय चौरजहारी रुकुमले पुल र सडकको काम अलपत्र पारेको भन्दै सपना-शैलुङ जेभीसँग ठेक्का तोडेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै ठेक्का तोडिएको जनाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले २०७१ को मंसिरमा नै सम्झौता गरेको काम एक वर्षमा सम्पन्न गर्नुपर्ने थियो। भेरी खोलामा आरसीसी ब्रिज र चौरजहारी-राडिजुला डोल्पा सडक निर्माणको जिम्मा पाएको थियो। निर्माण कम्पनीका लागि हालसम्म पटक पटक म्याद थप भएको छ।

जिम्मा लिएको काममा बेवास्ता गरेको कार्यालयको ठहर छ। कार्यालयका अनुसार हालसम्म जम्मा उक्त आयोजनाको ५ प्रतिशत मात्रै काम गरेको पाइएको छ।

कार्यालयले पटकपटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गरेपछि ठेक्का तोडेको हो। ठेक्का सम्झौताको खरिद नियमावली अनुसार निर्माण कम्पनीले त्यसको क्षतिपूर्ति समेत तिर्नुपर्ने छ।